अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंको सुन्दरीजलमा फोटो खिच्दा चिप्लिएका युवक खोलामा बेपत्ता

काठमाडौंको सुन्दरीजलमा फोटो खिच्दा चिप्लिएका युवक खोलामा बेपत्ता


काठमाडौ- काठमाडौंको सुन्दरीजल खोलामा खसेर एक जना किशोर बेपत्ता भएका छन्।

शनिबार अपराह्न सवा ४ बजे सुन्दरीजलस्थित बागमती खोलामा अन्दाजी १६ वर्षीय किशोर खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो। काठमाडौंको कपन घर भई साथीहरूसँग घुम्न निस्केका १६ वर्षीय शुभम श्री प्रधान खसेर बेपत्ता भएका हुन्। उनीसँग सात जना साथीहरू घुम्न पुगेका थिए।

फोटो खिचाउनको लागि ढुंगामा बस्दा चिप्लिएर खोलामा खसेको प्रहरी उपरीक्षक मैनालीले बताए। अहिले किशोरको खोजी भइरहेको छ। घटनास्थलमा प्रहरी वृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षक ढुन्डीराज न्यौपानेको टोली खटिएको छ।

यस्तै प्रहरीको सामाखुसीस्थित विपद व्यवस्थापनको टोली, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारको लागि खटिएको छ।