अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डब्लुएचओद्वारा मंकीपक्सलाई विश्वव्यापी महामारीको घोषणा

डब्लुएचओद्वारा मंकीपक्सलाई विश्वव्यापी महामारीको घोषणा


काठमाडौ- विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले मंकीपक्सको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

विश्वव्यापी स्वास्थ्य आपतकाल डब्ल्यूएचओको सबैभन्दा ठूलो सतर्कता हो । मंकीपक्सको संक्रमणमा देखिएको तीव्रतापछि डब्ल्यूएचओले यो सतर्कता जारी गरेको हो ।
डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले ७५ देशबाट १६ हजारभन्दा बढी मंकीपक्सका ‘केस’हरू रिपोर्ट भइसकेको बताएका छन् । प्रकोपका कारण अहिलेसम्म पाँचजनाको मृत्यु भइसकेको गेब्रेयससको भनाइ छ ।

हाल अरू दुई स्वास्थ्य आपत्काल छन् । एक, कोरोनाभाइरस महामारी र अर्को, पोलियो ।