अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी निरन्तर ओरालो यात्रामा : शंकर पोखरेल

माओवादी निरन्तर ओरालो यात्रामा : शंकर पोखरेल


सुर्खेत -नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी क्रमश ओरालो यात्रामा रहेको बताउनुभएको छ ।
प्रेस चौतरी नेपाल कर्णाली प्रदेश कमिटीले अहिले वीरेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सो कुरा बताउनुभयो । २०६४ सालमा माओवादी र एमालेको मतान्तर धेरै ठूलो नभएको तर अहिले एमाले र माओवादीको मतान्तर ठूलो भएको पोखरेलको भनाइ छ ।
‘२०६४ सालमा माओवादीले ३० प्रतिशत मत पाएको थियो । एमालेले २२ प्रतिशत पाएको थियो । यो ठूलो मतान्तर होइन ’ पत्रकारले सोधेको प्रश्नको जवाफ दिंदै पोखरेलले भन्नुभयो ‘अहिले एमालेको ३४ प्रतिशत मत छ माओवादीको १२ प्रतिशत छ । यो चाँही ठूलो मतान्तर हो । ’
मतको यो ढाँचाले माओवादी क्रमश ओरालो यात्रामा रहेको पुष्टी हुने उहाँले बताउनुभयो ।
भेरी बबइ डाइभर्सनलाई जोडेर आफूलाई कर्णाली विरोधी भन्नु गलत भएको पोखरेलको भनाइ छ ।