अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कचनकवल घटनाको गहिरो अनुन्धान हुनुपर्दछ : बसन्त बाँनिया

कचनकवल घटनाको गहिरो अनुन्धान हुनुपर्दछ : बसन्त बाँनिया


झापा- झापाको कचनकवलमा तीनजना किशोरी एउटै रुखमा झुण्डिएको घटनालाई अनेक शंका उपशंका गरिएको छ ।
स्थानीय बासिन्दा एवं प्रदेशसभाका सदस्य बषन्त बाँनियाका घटनालाई गहिरो गरी अनुसन्धान गर्नुपर्ने बताउनुहुन्छ । ‘प्रदेशसभाको बैठकमा भाग लिन म विराटनगर जाादैछु । तर बाटामा मैले यो दुखद घटना सुने’ बानियाले यो बेलासँग भन्नुभयो ‘किशोर उमेरका तीनजना युवतीहरु सिमावर्ती क्षेत्रमा एउटै रुखमा झुण्डिएको अवस्थामा फेला पर्नु रहष्यमय छ । यसलाई प्रहरीले मसिनो गरी छानविन गरेर वास्तविकता सार्वजनिक गर्नुपर्दछ । ’
उनीहरुले रहरले त्यो घटना गराए वा परिवन्धमा परे यो कुराको छानविन हुनुपर्ने बाँनियाको भनाइ छ । ‘घटनाको छानविनका लागि हामी सहयोग गर्छौं प्रहरीले निष्पक्ष ढंगले छानविन गरोस । वास्तविकता बताओस । यो घटनाले गाउँमा शोक र त्रास दुवै बढेको छ । ’