अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

थप परीक्षण आवश्यक पर्ने भन्दै कचनवलमा झुण्डिएका तीनवटै शव धरान लगियो

थप परीक्षण आवश्यक पर्ने भन्दै कचनवलमा झुण्डिएका तीनवटै शव धरान लगियो


झापा- झापाको कचनकवल गाउँपालिका–५ स्थित पठामारीमा झुण्डिएको अवस्थामा मृत भेटिएका ३ जना किशोरीको शव परीक्षणका लागि अस्पतालमा पठाइएको छ । शव परीक्षणका लागि धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको गाउँपालिका उपाध्यक्ष शंकर भट्टराईले बताउनुभयो ।
आइतबार बिहान सुनकोशी चिया बगानमा कार्यरत ३ जना किशोरी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । स्थानीय देउनिया खोला किनारको बयरको रुखको एउटै हाँगोमा झुण्डिएको अवस्थामा रहेका शव प्रहरीले निकालेर परीक्षणका लागि पठाएको छ ।
कचनकवलस्थित बलेगाउँ घर भएका पंचम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी छोरी १६ वर्षीया कल्पना पढाइ छाडेर चिया बगानमा मजदुरी गर्दै आएका थिए ।
मेची अञ्चल अस्पतालमा पोष्टमार्टम गर्ने भनिएपनि थप परीक्षण पनि आवश्यक पर्ने भन्दै धरान लगिएको भट्टराईले बताउनुयो ।