अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामपन्थी एकताको प्रतीक्षामा एमाले छैन : महासचिव पोखरेल

वामपन्थी एकताको प्रतीक्षामा एमाले छैन : महासचिव पोखरेल


सुर्खेत – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वामपन्थी एकता गर्ने प्रस्तावको प्रतीक्षामा आफ्नो दल नरहेको बताउनु भएको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज बिहान आयोजित पत्रकार भेटघाटका क्रममा उहाँले एमालेका लागि गठबन्धन प्रधान विषय नभएको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘वामपन्थी दलहरु एकताको प्रयासमा छन् तर हामी त्यो प्रस्तावको प्रतीक्षामा नै छैनौं। अहिले हामी हाम्रो पार्टीलाई जनताको बीचमा लाने अभियानमा छौं।’

महासचिव पोखरेलले अहिलेको राज्य सञ्चालनका लागि गठबन्धन नबनेको टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, ‘राज्य सञ्चालनका लागि गठबन्धन होइन, राष्ट्रिय शक्ति छैन । नेकपा एमालेको दृष्टिकोण चुनावको बेलामा के गर्ने भन्ने त्यतिबेला गरौंला।’

चुनावमा हुने तालमेल तत्कालीन वा रणनीतिक हुनसक्ने उनले बताए। ‘हाम्रा लागि गठबन्धन ठूलो कुरा होइन, अहिले हामी गठबन्धन गर्ने कुरा छैन। गठबन्धन प्रधान कुरा होइन’, पोखरेलले भने, ‘चुनावको बेलामा चुनावी तालमेलको कुरा भनेको तत्कालीन र रणनीतिक कुरा हो।’

उनले परराष्ट्र नीतिको मामिलामा अहिलेको सरकार असन्तुलित भएको आरोप लगाए। एसपीपी सम्झौताबारे मन्त्रिपरिषदले निर्णय गरेको भए पनि पत्राचार नभएको उनले बताए।

‘सत्तारुढ दलका नेताहरु गठबन्धन र प्रधानमन्त्री खोज्न विदेश जान थाले भन्ने आएका छन्’, महासचिव पोखरेलले भने, ‘गठबन्धनका नेताहरुले स्वार्थका लागि विदेशको प्रयोग गरिँदै आएको छ।’

मुलुकको अर्थतन्त्र असाधारण संकटतर्फ गएको दाबी उनले गरे। ‘छिटोभन्दा छिटो चुनावको माध्यमबाट गठबन्धनलाई पराजित गर्ने र मुलुकमा बलियो राष्ट्रि शक्तिको रुपमा मुलुकलाई डोर्याउन एमाले सक्षम छ भन्ने देखिएको छ’, उनले भने।