काठमाडौं – नेकपा एमालेकी सचेतक शान्ता चौधरीले मुक्त कमलरी र सरकारबीचको १० बुँदे सहमति कार्यान्वयनका लागि माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कमैया मुक्तिको २२ वर्ष र कमलरी मुक्तिको ९ वर्ष बितिसक्दा पनि अझै कमैया र कमलरीहरुको उचित व्यवस्थापन हुन नसकेको बताउनु भयो ।
चौधरीले भन्नुभयो, ‘यसअघिको सरकारले मुक्त कमैया कमलरीका छोराछोरीहरूलाई पुनर्स्थापना र शैक्षिक विकासका लागि विशेष बजेट ल्याए पनि अहिलेको गठबन्धन सरकारले उक्त बजेट कटौती गरेको छ। त्यसैले मुक्त कमैया र कमलरीको यथोचित पुनर्स्थापनाको लागि माग गर्दछु।’
सरकार र मुक्त कमलरीबीच भएको १० बुँदे सहमति यथाशीघ्र कार्यान्वयन गर्न पनि उहाँको जोड थियो ।
प्रतिक्रिया