काठमाडौं – नेकपा एमालेका सांसद शेरबहादुर तामाङले निजीकरण गरिएका उद्योगहरुको अवस्था सदनलाई जानकारी गराउन माग गर्नुभएको छ ।
आजको प्रतिनिधिसभाको बैठकमा बोल्दै तामाङले संसदीय समिति नै बनाएर निजीकरण गरिएका उद्योगहरु के कस्तो अवस्थामा छन् संदनलाई जानकारी गराउन माग गर्नुभएको हो ।
२०४८ मा गठन भएको नेपाली कांग्रेस नेतृत्वको सरकारले बेलायतको पूवप्रधानमन्त्री मार्गरेट थ्याचरको निजीकरणको नीतिलाई नेपालमा अनुसरण गरिएको भन्दै उहाँले भन्नुभयो, ‘डीएफआइडी भन्ने संस्थाको सहयोगमा नेपालका चार दर्जनभन्दा धेरै उद्योगहरु निजीकरण गरिएको थियो । उद्योगहरु निजीकरण गरिएपछि प्रतिफल के भयो भन्दा पनि औद्योगिक क्षेत्रको योगदान ५ प्रतिशतभन्दा तल झरिसकेको छ । निजीकरण उद्योगहरु के कस्तो अवस्थामा छन्, यो संसदलाई संसदीय समिति नै बनाएर छानबिन होस्।’
प्रतिक्रिया