काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले चार पार्टी मिलाएर ‘नेकपा समाजवादी केन्द्र’ बनाउने सहमति भइसकेको बताउनु भएको छ ।
नेता पुनले आगामी संघीय निर्वाचनमा कांग्रेससँग केही क्षेत्रमा मात्र तालमेल हुने बताउनुभयो ।
नेता पुनले भन्नुभयो, ‘माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको छ । चुनावमा हामी मोर्चा बनाएरै जान्छौं।’
कांग्रेससहितको पाँच दलीय गठबन्धन मिलेर चुनाव लड्ने तयारी भइरहेको बेला नेता पुनले कांग्रेससँग आवश्यकताका आधारमा मात्र तालमेल हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी समाजवादी केन्द्रबाट १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिन्छौ, कांग्रेससँग आवश्यकताका आधारमा केही ठाउँमा तालमेल हुन सक्छ।’





प्रतिक्रिया