अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्वास्थ्य बीमा कार्यक्रमको समस्या तत्काल समाधान गर्न सांसद संग्रौलाको माग

स्वास्थ्य बीमा कार्यक्रमको समस्या तत्काल समाधान गर्न सांसद संग्रौलाको माग


काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा.डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गर्नुभएको छ ।

सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले नागरिकलाई कोरोनाबाट जोगाउन खोप अभियानलाई तीव्रता दिन माग गर्नुभयो ।  

उहाँले स्वास्थ्य बीमाको रकम उपलब्ध नगराएकामा पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । बीमामा साढे १७ लाख मानिस आबद्ध भइसकेका सन्दर्भमा अहिले रकम नआएको भन्दै विभिन्न अस्पतालले सूचना जारी गरेरै बीमा कार्यक्रम रोकेको उहाँले बताउनुभयो ।