काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेका सांसद भीमबहादुर रावलले एक महिनाअघि स्टेट पाटनरसीप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने सरकारको निर्णय कार्यान्वयनका सन्दर्भमा सभामुखबाट दिइएको निर्देशन पनि सरकारले नसुनेको बताउनुभयो ।
सांसद रावलले सरकार देशमा छ कि अन्त कतै भनी प्रश्न पनि गर्नुभयो ।
सदनको विशेष समयमा सांसद रावलले तत्काल सहभागी नहुने पत्र अमेरिकालाई पठाउन सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले गोरखा भर्तीसम्बन्धी सन्धिका असमानता हटाउन पहल गरी देश र जनताको हितमा ध्यान दिइ सरकारलाई आग्रह गर्नुभयो ।
प्रतिक्रिया