अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नागरिकता विधेयकले देश संकटमा पर्‍यो: नारायणकाजी श्रेष्ठ

नागरिकता विधेयकले देश संकटमा पर्‍यो: नारायणकाजी श्रेष्ठ


काठमाडौं – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित गराएकोमा आपत्ति जनाउनु भएको छ

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उक्त विधेयक पारित गराउन नहुने विषयमा आफूले पार्टीमा, राष्ट्रियसभामा आवाज उठाए पनि त्यस विषयलाई बेवास्ता गरिएको बताउनु भयो ।

दलहरुमा वैचारिक-राजनीतिक स्खलन भएपछि यस्तो अवस्था आएको नेता श्रेष्ठले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो गठबन्धन सरकारले नागरिकतासम्बन्धी विधेयक यसरी ल्याउन मिल्छ ? यो अन्तरवस्तु र पद्धति दुवै कोणबाट गलत छ । पार्टीमा पनि यो विषयमा कुरा राखेँ। राष्ट्रियसभामा पनि बोलेँ। त्यो पारित भएपछि किन गलत छ भनेर त मैले सार्वजनिक बहस गरिसकेँ। यसबारे विचारको समस्या होइन। वैचारिक–सांस्कृतिक स्खलनको समस्या हो। त्यसकारण तत्कालीक राजनीतिक स्वार्थहरुबाट प्रेरित हुँदै गएको समस्या हो । चुनौती र खतरा पैदा भएको हो।’