काठमाडौं – पछिल्लो २४ घण्टामा ३४७ जनामा कोरोनाको संक्रमण देखिएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८८८ को नमुना परीक्षण गरिएकोमा पिसिआर विधिबाट ३०३ र एन्टिजेन विधिमार्फत् ४४ मा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
पछिल्लो समय संक्रमण बढेसँगै नेपालमा २४ घण्टाभित्र कोनाको सक्रिय संक्रमित ३ हजार १७७ पुगेका छन् । सो अवधिमा ९५ जना डिस्चार्जसमेत भएका छन् ।
प्रतिक्रिया