काठमाडौ- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संघीय संसदमा अर्वौं खर्च गरेर दलालहरु आउने वातावरण बनेको बताउनुभयो ।
अहिलेको निर्वाचन प्रणालीले गरिबलाई चुनाव जितेर आउन सहज नभएको उहाँको भनाइ छ । यही निर्वाचन प्रणाली कायम रहने हो भने गणतन्त्र नै धरापमा पर्ने प्रचण्डको भनाइ छ ।
नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रचण्डले यो चुनाव प्रणालीले गणतन्त्र पनि खतरामा पर्छ । यसले देशलाई नराम्रो भुमरीमा लान्छ, भड्खालोमा लैजाने बताउनुभयो ।
गाउँपालिकामा १० करोड खर्च गरेर चुनाव जितियो भन्ने कुरा सुनिएको भन्दै प्रचण्डले यही प्रणालीमा संघको चुनाव जित्न अर्बौं रकम चाहिने स्थिति आएको बताए ।
‘गाउँपालिकाको चुनाव जित्न १० करोड खर्च गरेको सुनिन्छ । अब त संघको चुनावका लागि अर्ब चाहिने भयो’ प्रचण्डको भनाइ छ ‘गरीबले चुनाव जित्नु त सपना जस्तो भयो । अब त दलालहरू आउने भए ।’





प्रतिक्रिया