अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कर्णालीको निर्णय- बागी उम्मेदवार र अन्तर्घात गर्नेहरूलाई  कारबाही गर्ने

एमाले कर्णालीको निर्णय- बागी उम्मेदवार र अन्तर्घात गर्नेहरूलाई  कारबाही गर्ने


सुर्खेत – २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई हराउन गतिविधि गर्नेलाई कारबाही गर्ने निर्णय गर्दै एमाले कर्णाली प्रदेश कमिटिको बैठक सकिएको छ ।

सो बैठकले प्रदेश कमिटीले बागी उम्मेदवारी दिएका र अन्तर्घात गर्नेहरूलाई जिल्ला कमिटिमार्फत आएको सिफारिसको आधारमा कारबाही प्रक्रिया अघि बढाइने नेकपा एमालेका प्रदेश उपसचिव टेकराज पछाईले बताउनु भएको हो ।

बैठकले ३५ सदस्यीय सचिवालय गठनका लागि पदाधिकारीलाई जिम्मा दिने निर्णय पनि गरेको पछाई बताउनु भयो । उहाँले भन्नुभयो, ‘संघीय र प्रदेश निर्वाचनलाई सफल बनाउने योजना बनाएका छौं । गठबन्धन्धन सरकारका जनविरोधी कामहरूको भण्डाफोर गर्ने, कमिटी प्रणालीलाई अनुशासित बनाउने, बलियो बनाउने र कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने निर्णय गरेको छ ।’