अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा बागी र अन्तरघातीलाई कारबाही,असयोगीलाई स्पष्टीकरण

कर्णालीमा बागी र अन्तरघातीलाई कारबाही,असयोगीलाई स्पष्टीकरण


सुर्खेत- स्थानीय तहको निर्वाचनको बेला पार्टी उम्मेद्वार विरुद्ध खडा भएका र उम्मेद्वारलाई असहयोग गरेकाहरुलाई छानेर एमालेले दुई खाले कारबाही गर्ने भएको छ ।
शनिवार र आइतबार बसेको प्रदेश कमिटीको बैठकले पार्टीका उम्मेद्वार विरुद्ध खडा भएका उम्मेद्वारहरुलाई जिल्ला कमिटीको सिफारिसका आधारमा कारबाही गर्ने निर्णय गरेको छ । प्रदेश कमिटीका एक पदाधिकारीका अनुसार अन्तरघात गर्नेहरुलाई पनि प्रमाणका आधारमा पहिचान गरेर कारबाही गर्ने निर्णय गरेको छ । चुनावमा टिकट नपाएर वा उम्मेद्वारसँगको अरु कुनै रिसइवीले मत नदिएकाहरुको पहिचान गरेर सचेत गरिने प्रदेश कमिटीको निर्णय छ ।