अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा

काठमाडौंमा चिनियाँले चलाएको कल सेन्टरमा प्रहरी छापा


काठमाडौँ – काठमाडौंको तीनकुनेमा चिनियाँ नागरिकले सञ्चालन गरेका कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

काठमाडौं प्रहरी परिसर, नगर प्रहरी र प्रहरी वृत्त बानेश्वरबाट खटिएको टोलीले तीनकुने र गैह्रीगाउँका तीन ठाउँमा छापा मारी कागजात नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार एक घर भाडामा लिएर उनीहरुले कल सेन्टर चलाइरहेका थिए । सोही घरबाट ल्यापटप लगायतका विद्युतीय उपकरणहरु बरामद गरिएको छ ।

२०७६ पुसमा गैरकानुनी गतिविधि गरेको आरोपमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेका थिए । उनीहरू पनि अनधिकृत रूपमा कल सेन्टर सञ्चालन र नेपालमा बसेर चिनियाँ नेटवर्किङ व्यवसाय चलाएको आरोपमा पक्राउ परेका थिए ।

यसअघि आइतबार रुपन्देहीको तिलोत्तमास्थित जानकीनगरमा भारतीय चलाएको कल सेन्टरमा प्रहरीले छापा मारेको थियो ।