अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं कल सेन्टरमा छापा अपडेट: चिनियाँ नागरिकसहित ४१ जना पक्राउ

काठमाडौं कल सेन्टरमा छापा अपडेट: चिनियाँ नागरिकसहित ४१ जना पक्राउ


काठमाडौं – काठमाडौंको तिनकुने गैह्रिगाउँको कल सेन्टरबाट प्रहरीले एकजना चिनियाँ नागरिकसहित ४१ जनालाई पक्राउ गरेको छ ।

चिनियाँ नागरिकले संचालन गरेको स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर केहीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताउनु भयो ।

कल सेन्टरको आवरणमा ‘ठगी धन्दा’ संचालन गरेको सुराकीका आधारमा प्रहरीले सोमबार स्काई वर्ल्डमा छापा मारेको थियो । कल सेन्टरमा कार्यरत १४ जना महिला र २७ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरुलाई भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयमा राखिएको छ ।

पक्राउ पर्नेमा कैलाली घर भएकी २२ वर्षीया सुस्मिता मिलिसैना, कोटेश्वर बस्ने २० वर्षीया शुभेच्छा नेपाल, बारा घर भएकी २० वर्षीया समिक्षा गुप्ता, नवलपरासी घर भएकी २२ वर्षीया अनु परियार, कञ्चनपुर घर भइ कोटेश्वर बस्ने २२ वर्षीया जानकी शाह र कैलाली घर भई सितापाईला बस्ने वर्ष १८ की सबिना दाहाल छन् । 

त्यस्तै, भारत घर भई जडिबुटी बस्ने २४ वर्षीया एलिना गुरुङ र कञ्चनपुर घर भएकी १७ वर्षीया प्रिया विष्टसहित ४१ जना छन् ।​