अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखमा चट्याङ पर्दा १६ जना घाइते

दैलेखमा चट्याङ पर्दा १६ जना घाइते


दैलेख – दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ सेर्माकोटस्थित एक घरमा चट्याङ पर्दा १६ जना घाइते भएका छन्।  

कोदो गोड्न आएका किसानहरू घाइते भएका हुन्। चट्याङले लाग्दा १२ जना महिला, ३ पुरुष र १ बालिका गरी १६ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्राधिकरणले जनाएको छ।