अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यार्थीलाई देशभक्त नागरिक बनाउन स्काउट अभियान : नगरप्रमुख ढकाल

विद्यार्थीलाई देशभक्त नागरिक बनाउन स्काउट अभियान : नगरप्रमुख ढकाल


सुर्खेत- वीरेन्द्रनगर नगरपालिकाका मेयर र उपमेयरलाई नेपाल स्काउटले दिक्षित गरेको छ ।
आज नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख मोहनमाया ढकाललाई नगर स्काउटको प्रमुख संरक्षकका रुपमा दिक्षित गरेको छ । यसैगरी उपप्रमुख निलकण्ठ खनाललाई पनि दिक्षित गरेको छ ।
दिक्षित भएपछि प्रमुख ढकालले विद्यालय तहका बालबालिकालाई राष्ट्र,राष्ट्रियता र नैतिकताको पाठ सिकाउनका लागि स्काउटको ठूलो भूमिका हुने बताउनुभयो । उहाँले अहिलेका बालबालिकालाई राष्ट्र र राष्ट्रियताको सवालमा सिकाएर भविष्यमा देशभक्त नागरिकको रुपमा विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । स्काउट कार्यक्रमको विद्यालयमा विस्तार गर्नका लागि नगरपालिकाले यथासक्य सहयोग गर्ने बताउनुभयो । नगरप्रमुख नै स्काउटको प्रमुख संरक्षक भएकोले स्काउट कार्यक्रमको अवधारणा र वश्तुनिष्ठ कार्ययोजना बनाएर ल्याउन नगर स्काउटलाई ढकालले आग्रह गर्नुभयो ।
‘वीरेन्द्रनगरको स्काउटलाई देश कै नमुना स्काउटको रुपमा चिनाउने गरी योजना बनाउनुहोस । विद्यार्थीहरुको आनीबनीमा सकारात्मक परिवर्तन हुने गरी कार्यक्रम बनाउनुहोस ’ प्रमुख ढकालले भन्नुभयो ‘ त्यसको कार्यन्वयन भनेको विद्यार्थीको व्यवहारमा परिवर्तन हो । त्यो कुरा समाजले महसुष गर्न पाओस ढकालको भनाइ छ । ’