अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषि क्षेत्रमा युवा पुस्ताले लगानी गर्नुपर्छ: महेश बस्नेत

कृषि क्षेत्रमा युवा पुस्ताले लगानी गर्नुपर्छ: महेश बस्नेत


भक्तपुर – नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताउनु भएको छ ।

आज भक्तपुरको सूर्यविनायकमा बीउ, बिजन विषादी सम्बन्धी ठूलो एग्रोभेट उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले कृषि क्षेत्रमा शिक्षित र युवा पुस्ताहरूले लगानी गर्नुपर्ने बताउनु भएको हो । नेता बस्नेतले युवापुस्ता र नयाँ उद्यमीहरुले लगानी नगरेसम्म कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न नसक्ने बताउनु भयो । कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्नु आवश्यक रहेको पनि उहाँले बताउनु भयो ।

उहाँले कालिमाटीको तरकारी बजार बिस्थापन गर्ने पूर्ववर्ती सरकारको निर्णय हालसम्म कार्यान्वयन हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले कालिमाटीको तरकारी बजारलाई यथास्थितिमा राख्नका लागि चलखेल भइरहेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।