काठमाडौ- सुर्खेतको चौकुने गाउँपालिकाले करारका ४५ जना कर्मचारीलाई सेवाबाट हटाएको विषयमा नेकपा एमालेले आपत्ती जनाएको छ ।
एमाले चौकुने गाउँपालिकाका अध्यक्ष हरीप्रसाद अधिकारीले पालिकाका अध्यक्ष र उपाध्यक्षलाई एक पत्र लेखेर सेवाबाट हटाइएका कर्मचारीलाई तुरुन्त सेवामा फर्काउन माग गरेको छ । ‘पाँच देखि १५ वर्ष सेवा गरेका कर्मचारीहरुलाई राजनीतिक पूर्वाग्रहका आधारमा सेवाबाट हटाइनु आपत्तीजनक छ ’ अधिकारीले गाउँपालिकालाई लेखेको पत्रमा उल्लेख छ ‘यो निर्णय नसच्याए एमाले आन्दोलनमा उत्रन बाध्य हुनेछ ।’
यसैगरी कोरोना पिडित छनौट भएका ७ सय १४ परिवारलाई राजनीतिक पूर्वाग्रह साँधेर रकम नदिएकोप्रति अधिकारीले आपत्री जनाउनुभएको छ । ‘ गाउ‘ पालिकाले कोलेनिकाबाट नै निकास नै नगरी लाखौं बजेट फ्रिज गराउने सरकार असक्षम भएको देखिन्छ ’ अधिकारीले लेखेको पत्रमा भनिएको छ ‘ गठबन्धन सरकारका अध्यक्ष र उपाध्यक्षलाई अभिलम्ब पालिकाबाट छनौट भएका ति परिवारहरुलाइ पुन पालिका बजेटबाट राहत स्वरुप बजेट विनियोजन गर्न अनुरोध गर्दछौ । ’
अधिकारीले गाउँपालिकालाई लेखेको पत्रको पूर्ण पाठ यस्तो छ :
श्री अध्यक्ष ÷ उपाध्यक्ष ज्यु
चौकुने गाउ‘ पालिका गुटु सुर्खेत ।
विषय : निर्णय सच्याउने तथा सरकार जवादेहि हुन अनुरोध सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा चौकुने गाउ‘ कार्यपालिका गुटु सुर्खेतको मिति २०७९ असार ३१ गते बसेको बैठकले गरेका निर्णय प्रति गम्भीर ध्यानाआकर्षण भएको छ । साथै पालिकाले असार १० गते उद्घाटन गरेको गाउ‘ सभाबाट बजेट असार भरि स्विकृत गरि सक्नु पर्ने कानुनी प्रवधान विपरित हाल सम्म वडालाई कुनै सिलिङ नदिनुले कानुनी राज्यको उपहास भएको छ । यस कारण पार्टीको तर्फबाट तपसिल का विषयलाई गम्भीरता पुर्वक लिएको छ सो को अभिलम्ब निर्णय सच्याउनका लागि अनुरोध छ ।
तपसिल
१.विगत ५ देखि १५ वर्ष सम्म करार अस्थायी पदमा कार्यरत ४५ जना कर्मचारीहरुलाई विना आधार, सुचना विनै, हचुवाको भरमा विधि विपरित राजनीतिक आस्थाको दोष लगाउर्दै प्रतिशोध साटन कार्यालय सहायक, , सवारी चालक, वडा प्राविधिक, पशुसेवा प्राविधिक, इन्टरनेट टेक्निसियन, इन्जिनियर तहका कर्मचारीलाइ हटाउने निर्णय नेकपा एमाले का तर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरुलाई सहभागिता नराइ एकलौटी, मनोमानि, विधि विपरित गरिएको निर्णय अभिलम्ब सच्याउनका लागि अनुरोध छ । अन्यथा पार्टीको तर्फबाट आन्दोलनका अन्य कार्यक्रम हरु समेत सार्वजनिक गरिने ब्यहोरा अनुरोध छ ।
२. नेपाल कोरानाबाट प्रभावित भएको ब्यहोरा अनुरोध गर्दै यस बाट चौकुने पालिका पनि अछुतो हुन सकेन जसका कारण वडा नं १ देखि १० सम्मका ७१४ घर परिवार छनौट भएको ब्यहोरा अनुरोध छ । सो का लागि लक्ष्मी बैकमा खाता खोली निकासाका लागि अन्तिम अवस्थामा पुगेको राहत रकम दलित, महिला, जनजाति राजी तथा अन्य समुदायका नागरिकहरुलाई राजनीतिक पुर्वाग्राही साटिनु यो भन्दा गैर जिम्मेवारी केहि हुन सक्दैन । सो का लागि वडाबाट प्रक्रिया पुगाइ सुचना जारी गरि लाभाग्राही छनौट भएको जानकारी नै होला । तर विगत सरकारले घर परिवार छनौट गरेको आरोप लगाउदै ७१४ घर परिवार प्रति परिवार १०,०००।०० दश हजार राहत जनतालाई बन्चित गरेको प्रति घोर आपत्ति प्रकट गर्दछौ । गाउ‘ पालिकाले कोलेनिकाबाट नै निकास नै नगरि लाखौ बजेट फ्रिज गराउने सरकार असक्षम भएको देखिन्छ भने गठबन्धन सरकारका अध्यक्ष र उपाध्यक्षलाई अभिलम्ब पालिकाबाट छनौट भएका ति परिवारहरुलाइ पुन पालिका बजेटबाट राहत स्वरुप बजेट विनियोजन गर्न अनुरोध गर्दछौ ।
३. नेपाल सरकारको निति अनुसार केन्द्र सरकारबाट प्राप्त जनता आवास अन्तरगत टिनको पाता का लागि छनौट भएका ब्यक्तिहरुलाइ राजनीतिक आस्थाको भरमा पुन छानविन गरि वितरण गरेका प्रति हामी घोर भत्र्सना ब्यक्त गर्दछौ ।
४. स्थानीय सरकार सन्चालन ऐन विपरित विषयगत समिति गठन भएको प्रति हामी स्तब्ध भएको छौ । बजेट सिमा निर्धारण समितिमा प्रस्ट ढंगले कार्यपालिका सदस्यहरुबाट राख्नु पर्ने अझ प्रतिपक्ष दलित र विपन्न, महिला वर्गबाट मनोनय गरिनु पर्ने ब्यवस्थाको उल्लघंन गरिनु ले कानुनी राज्यको उपहास भएको छ । यो तत्काल सुधारका लागि अनुरोध छ ।
५.स्थानीय सरकार सन्चालन ऐन अनुसार स्थानीय तहले असार १० गते गाउ‘ सभा उद्घाटन सहित असार मसान्त सम्म निति कार्यक्रम स्विकृत गरि सक्नु प्रावधान विपरित हाल सम्म पनि विधिवत रुपमा बजेट स्विकृत नगरिनु दुखद कुरा हो । भने वडामा हाल सम्म पनि सिलिङ नै नदिनु अर्को कानुनी राज्य प्रति उदासिन रहनुले स्थानीय सरकार चौकुनेका जनता प्रति जवाफदेहि नरहेको प्रस्ट हुन्छ । अभिलम्ब विधि विद्यान बमोजिम बजेट कार्यक्रम स्विकृत गरि सार्वजनिक गर्न जोडदार माग गर्दछौ । बेरोजगार लक्षित युवा,स्वरोजगार आय आर्जन जस्ता क्षेत्रलाई प्राथामिकता गरि कार्यक्रम विनियोजन गर्न अनुरोध छ ।
६. अविरल वर्षाका कारण चौकुने गापा वडा नं १ देखि १० सम्म का सडक हरु विग्रेको अवस्था छ अभिलम्ब पालिका संग आफनै निर्माण उपकरण हुदा पनि मर्मत हुन नसकेको अवस्था छ । अभिलम्ब सडक मर्मतका लागि कार्य थालनीका लागि समेत ध्यानआर्कषण गर्न चाहन्छु
मार्फत बोधार्थ
श्री गगन सिह पाण्डेय ,प्रमुख प्रशासकीय अधिकृत चौकुने गापा गुटु सुर्खेत
............ ........................
क.हरिप्रसाद अधिकारी
अध्यक्ष
नेकपा एमाले चौकुने गाउपालिका कमिटी गुटु सुर्खेत
मोवाइल न ९८५८०५२२८६





प्रतिक्रिया