अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली तीन दिनका लागि गृह जिल्ला झापा जाँदै

अध्यक्ष ओली तीन दिनका लागि गृह जिल्ला झापा जाँदै

११ देखि १३ गतेसम्मको झापा बसाइमा अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रका धेरै भन्दा धेरै कार्यकर्ता भेट्ने कार्यतालिका


काठमाडौ -स्थानीय तहको निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तीनदिनका लागि गृह जिल्ला झापा जाने हुनु भएको छ ।
नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं अध्यक्ष ओलीका साँसद प्रतिनिधी होमबहादुर थापाका अनुसार दुईदिन अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा ५ का कार्यकर्ताहरुसँग सघन भेटघाट गर्नुहुनेछ ।
थापाका अनुसार साउन ११ गते देखि १३ गतेसम्म अधयक्ष ओली झापामा बस्नुहुनेछ । ११ गते विहान भद्रपुर विमान स्थलमा अवतरण गरेर अध्यक्ष ओली विर्तामोडमा आयोजना हुने नेपाल उत्पिडित जातीय मुक्ति समाजको कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसपछि पार्टीका जनवर्गीय संगठनका पदाधिकारी नेतासँग अलग अलग भेटघाट गर्ने कार्यक्रम छ । ११ गते अध्यक्ष ओली विर्तामोड मै बस्नुहुनेछ ।
१२ गते विहान उहाँ आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा जानुहुनेछ । त्यहाँ दमकलाई मुकाम बनाएर क्षेत्रभरीका कार्यकर्तालाई भेटघाट गर्ने कार्यक्रम रहेको थापाले बताउनुभयो । उहाँका अनुसार विहान ९ बजे एमाले दमक नगर कमिटी कार्यलयमा दमक नगर कमिटीका पदाधिकारी र त्यसभन्दा माथीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।
१०.३० बजे गौरादह नगरकमिटीका पदाधिकारी र त्यस भन्दा माथीका कार्यकर्तासँग भेटघाटको कार्यक्रम छ । १ बजे गौरीगञ्ज गाउँपालिकाका पदाधिकारी र त्यस भन्दा माथीका कार्यकर्तासँग भेटघाट तय गरिएको छ । यी दुवै भेटघाट होटल कामाक्षमा आयोजना गरिएको छ ।
दिउसो २ बजे क्षेत्र नं ५ स्तरीय क्षेत्रीय कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुुहुनेछ । उक्त भेलामा वडा अध्यक्ष भन्दा माथीका जनप्रतिनिधी,जनसंगठनका पालिका पालिका कमिटी भन्दा माथीका कार्यकर्ताहरु सहभागी हुनेछन् । यो कार्यक्रम कस्मिट पार्टी प्यालेस दमकमा हुनेछ ।
अपरान्ह साढे ४ बजे कमल गाउँपालिका अगुवा कार्यकर्तासँग भेटघाट हुनेछ । ५ बजे अनेरास्ववियुका नेता कार्यकर्तासँग भेटघाट,६ बजे युवा संघका नेता कार्यकर्तासँग भेटघाटको कार्यक्रम राखिएको थापाले जानकारी दिनुभयो । सो दिन अधयक्ष ओली दमक मै बस्नुहुनेछ ।
१३ गते ९ बजे पार्टी निकट व्यावशायीसँग भेटघाट,१० बजे अनेम संघका नेता कार्यकर्तासँग भेटघाट,११ बजे लोकतान्त्रिक धिमाल संघका अगुवा कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ । दिउसो १.३० बजे विर्तामोडमा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली अपरान्ह ५ बजे काठमाडौं फर्कने कार्यक्रम तय गरिएको छ ।