अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोहलपुरमा दम्पती मृत फेला,घटना शंकास्पद

कोहलपुरमा दम्पती मृत फेला,घटना शंकास्पद


बाँके- बाँकेको कोहलपुर नगरपालिका–१४ स्थित पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृतावस्थामा भेटिएका छन् ।

मृतावस्थामा भेटिएका दम्पती २५ वर्षीय कृष्णकुमार गडेरिया र २३ वर्षीया अञ्जली गडेरिया रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सुतिरहेको अवस्थामा मृत फेलापरेका दम्पतीमध्ये पति कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको छ । उनीहरुको विवाह भएको एक वर्ष भएको बताइएको छ ।

“घटनाको वास्तविक अवस्था विस्तृत अनुसन्धान गरेपछि मात्रै थाहा हुन्छ,” प्रनाउ न्यौपानेले भन्नुभयो ।

उहाँले घटना शंकास्पद भएको उल्लेख गर्दै शव परीक्षणका लागि भेरी अस्पताल पठाइएको जानकारी दिनुभयो । घरमा सुतेर बिहान नउठेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । रासस