अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अर्थमन्त्री विरुद्धको छानविन जारी,आजै ४ बजे फेरी बैठक

अर्थमन्त्री विरुद्धको छानविन जारी,आजै ४ बजे फेरी बैठक


काठमाडौं – बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।

आजको बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेका थिए । त्यसपछि बैठक आजै अपराह्न चार बजे बस्ने गरी स्थगित गरिएको छ ।
बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबसँग सम्बन्धित विज्ञहरुसँग परामर्श गर्ने जानकारी दिनुभयो । फरेन्सिक रिपोर्टमा गत जेठ १४ गतेकै भिडियो छ कि छैन भन्ने विषयमा भने अहिले आफूले भन्न नमिल्ने अर्यालको भनाइ छ । समितीको अर्को बैठक आजै अपरान्ह ४ बजे बस्ने भएको छ ।