अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति भण्डारीद्वारा स्पेन, डेनमार्क र रुसका लागि राजदूत नियुक्त

राष्ट्रपति भण्डारीद्वारा स्पेन, डेनमार्क र रुसका लागि राजदूत नियुक्त


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले डा.शर्मिला पराजुली (ढकाल) लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा पराजुलीलाई  राजदूत पदमा नियुक्त गर्नु भएको हो ।

त्यस्तै मिलनराज तुलाधर रूसी महासंघका लागि नेपालको आवासीय राजदूत, प्राडा राम स्वार्थ राय डेनमार्कका लागि नेपालको आवासीय राजदूत नियुक्त भएका छन् ।

त्यसैगरी भारतका लागि नेपालको आवासीय राजदूत डा. शंकरप्रसाद शर्मालाई भुटानका लागि समेत गैरआवासीय नेपाली राजदूत नियुक्त गरिएको छ ।