काठमाडौं – नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले मंकीपक्सको संक्रमणबाट बच्न पूर्व तयारी नगरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद भट्टराईले मंकीपक्सले सम्पन्न देशहरुलाई समेत हायल-कायम बनाएको बताउनु भएको हो।
हालसम्म विश्वमा १८ हजार १९४ जना संक्रमित भएको र पाँच जनाको मृत्यु भएपछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको उहाँले बताउनुभयो ।
भारतमा समेत चारवटा केस देखिएको भन्दै उहाँले नेपाल भयानक अवस्थाबाट टाढा नरहेको बताउनु भयो। सीमा नाकामा कडाइ तथा चेकजाँच गर्ने, आम जनतालाई सचेत गराउने जस्ता कदम चाल्नुपर्ने भन्दै भट्टराईले भन्नुभयो, ‘तर नेपाल सरकार मौन बसेको छ, सरकार निद्राको अवस्थामा छ ।’
प्रतिक्रिया