काठमाडौं – सभामुख अग्नि सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ । आजको प्रतिनिधि सभा बैठकमा सभामुखले कोरोनाभाइरसको संक्रमण पुनः बढ्दै गएकाले अनिवार्य मास्क प्रयोग गर्न सांसदहरुलाई आग्रह गर्नुभएको हो ।
बैठकमा सभामुख सापकोटाले भन्नुभयो, ‘कोभिड-१९ को संक्रमण दर बढ्दै गइरहेको माननीय सदस्यहरुलाई विदितै छ । तसर्थ संसदका बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउन र मास्क प्रयोग गर्नुहुन म आग्रह गर्छु ।’
प्रतिक्रिया