बैतडी – बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ।
जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।
२८ वर्षीया महिलालाई गत २०७८ साल चैत १५ गते बलात्कार गरेको आरोपमा वडाध्यक्ष नेगीसँगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि असार १४ गते पक्राउ गरिएको थियो।
दुवै जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । उनीहरुविरुद्ध जबर्वस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरी अदालतमा पेस गरेको थियो।





प्रतिक्रिया