काठमाडौं – संसद बाहिरका साना चार कम्युनिष्ट पार्टीले अमेरिकी सहयता परियोजना (एमसीसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) विरुद्ध आन्दोलन घोषणा गरेका छन् ।
आज काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरेर नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा साउन १० गते पत्रकार सम्मेलन, साउन १३ गते देशव्यापी कोणसभा, साउन १५ गते देशव्यापी मसाल जुलुस, साउन १८ गते काठमाडौंमा अन्तरक्रिया, २१ गते प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् निर्णय







प्रतिक्रिया