अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधान अनुसार विश्वविद्यालयको व्यवस्थापन गरिनुपर्छ : गगन थापा

संविधान अनुसार विश्वविद्यालयको व्यवस्थापन गरिनुपर्छ : गगन थापा


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विश्वविद्यालय बनाउन र संविधानले सुम्पिएको जिम्मेवारी निर्वाह गर्ने बाटोमा सरकारले ध्यान दिन जरुरी रहेको बताउनु भएको छ ।

आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो बताउनु भएको हो । उहाँले सरकार सुल्टो बाटो नभइ विश्वविद्यालय व्यवस्थापन गर्ने बाटोमा उल्टो भएर हिँडिरहेको बताउनु भयो ।

सांसद थापाले संविधानको अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भनेपनि संविधानअनुसार काम नभएको गुनासो गर्नुभयो । उहाँले सरकार शिक्षासम्बन्धी एउटा राष्ट्रिय नीति, त्यसअन्तर्गत संघीय शिक्षा ऐन, त्यससँग जोडेर विश्वविद्यालयको छाता ऐन, छाता ऐनले विश्वविद्यालयको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा गम्भीर बनेर लाग्नुपर्ने बताउनु भयो ।

थापाले भन्नुभयो, ‘समग्र नेपालको विश्वविद्यालयको शिक्षाको व्यवस्थापन कसरी गर्ने ? हाम्रा कमी, कमजोरी अपर्याप्ततालाई सम्बोधन गरेर कसरी अघि बढ्ने ? एउटा अवसर हामीलाई आएको थियो। हामी हिँड्ने बाटो भनेको शिक्षासम्बन्धी एउटा राष्ट्रिय नीति, त्यसअन्तर्गत संघीय शिक्षा ऐन, त्यससँग जोडेर विश्वविद्यालयको छाता ऐन, छाता ऐनले विश्वविद्यालयको व्यवस्थापन कसरी गर्ने ? भइरहेकोलाई के गर्ने ? नयाँ कसलाई खुल्न दिने, कसलाई नदिने ? केन्द्र र प्रदेशले के गर्ने भनेर बाटो देखाउँथ्यो। हामीले त्यो गरेनौँ। एकातिर संघीय शिक्षा ऐनपनि ल्याएनौँ। शिक्षा नीति बनायौँ, प्रस्तुत गर्न सकेनौँ।’