काठमाडौं – नेपाली कांग्रेसका नेता प्रदीप गिरि भारतको मुम्बईमा क्यान्सर उपचारपछि काठमाडौं फर्किनुभएका फेरि ललितपुरको मेडिसिटी अस्पताल भर्ना हुनुभएको छ । दुई दिनअघि काठमाडौं फर्किनुभएका उहाँलाई निमोनिया देखिएसँगै मेडिसिटी भर्ना हुनु भएको हो ।
कांग्रेस सांसदसमेत रहेका चिन्तक प्रदीप गिरि केही समययता अस्वस्थ रहँदै आएका थिए । शारीरिक अस्वस्थताकै कारण कांग्रेसको पछिल्लो महाधिवेशनमा उहाँ सक्रिय रुपमा सहभागी हुनु भएको छैन।
सुरुमा उहाँको घाँटीमा समस्या देखिएको थियो । त्यसपछि उहाँ हिन्दुजा अस्पतालमा भर्ना भएका थिए ।
प्रतिक्रिया