काठमाडौं – निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा तोक्ने दावी गर्नुभएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्को मन्त्रीपरिषद बैठकले निर्वाचनको मिति तोक्न सक्ने बताउनुभयो ।
आयोगले मंसिर २ को मिति उपयुक्त हुने परामर्श दिएको थियो । तर त्यो दिन शुक्रबार परेकाले दुई दिनपछि ४ मंसिर आइतबारमा गर्न सकिनेबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग आयोगका पदाधिकारीको छलफल भएको थियो ।
स्थानीय तह निर्वाचनको परिणाम र खर्च विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले भन्नुभयो, ‘अबको मन्त्रिपरिषद् बैठकले मंसिर ४ को मिति घोषणा भए आश्चर्य हुने छैन ।’





प्रतिक्रिया