अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिजको अवसर पारेर गीतकार देवी पराजुलीको म्यूजिक भिडियो सार्वजनिक

तिजको अवसर पारेर गीतकार देवी पराजुलीको म्यूजिक भिडियो सार्वजनिक


काठमाडौ-गीतकार देबी पराजुलीको नयाँ तीज गीत ” लगनको सारी” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नारीहरुको महान पर्व तीजमा धनी गरिब सबैले आफुसँग जे-जस्तोछ त्यसैमा साथीसंगीसँग खुला मनले रमाउदै, नाच्न, गाउन, रमाइलो गर्न सन्देश दिएको छ । चुलोचौंको मेलापात देखि नारीहरु राज्य संचालनका साथै नीति निर्माणको उच्च स्थानमा पुग्न सकेको, विभिन्न प्राबिधिक ज्ञान देखि उच्च शिक्षा हासिल गरेकोले नारीहरुमा निरासाबाट खुशीमा परिणत हुदै गएको भाव समेत उक्त गीतले समेटेको छ ।

धनसम्पत्तिको उचित सदुपयोग साथै धन भन्दा मन ठूलो हुन्छ भन्ने सन्देश दिएकोछ । यस गीतको संगीत ज्योति प्रकाशले गर्नु भएको छ भने स्वर बिन्दु परियारको रहेको छ । यो भिडियो भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वार्ड नं.७ गुण्डुमा रहेको रणबम पार्टी तथा आत्मा सुद्धिकरण देवालय, किवाचोक र वरपर छायांकन गरिएको हो । उक्त भिडियोमा विभिन्न क्षेत्रका क्रियासिल महिलाहरु तथा स्थानीय आमादिदी बैनीहरुको उल्लेख्य सहभागिता रहेको थियो । उक्त स्थानको ब्यबस्थापन सांसद महेश बस्नेत श्रीमती अम्बिका बस्नेत, राजु थापा तथा दिनेश थापाले गर्नु भएको थियो । यस गीतको निर्देशन गोबिन्द अञ्जान र दिपेन्द्र प्रकाश केसीले गर्नु भएको हो । यस गीतमा मूख्य अभिनय दिब्यानी ओलीले गर्नु भएको छ ।

निजामती कर्मचारीको रुपमा कार्यरत पराजुलीले समय निकालेर गीती भिडियो सावर्जनिक गर्नुभएको हो ।