अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाउन्नेमा बस पल्टियो २१ जना घाइते

दाउन्नेमा बस पल्टियो २१ जना घाइते


कावासोती — महेन्द्रराजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा यात्रुवाहक बस पल्टिँदा २१ जना घाइते भएका छन् । उनीहरूको कावासोतीस्थित जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।
इलाका प्रहरी कार्यालय दुम्कीवासका अनुसार बुधबार बिहान साढे ५ बजे बर्दघाटबाट कावासोतीतर्फ जाँदै गरेको बस अनियन्त्रित भएर सडकमा पल्टेको हो ।
बस पल्टेको केहिबेरमा आफैं आगो लागेको स्थानीयबसाीले जानकारी दिएका छन् ।

हिलैहिलो र खाल्डैखाल्डाका कारण पूर्वी नवलपरासीस्थित महेन्द्रराजमार्गको यात्रा कष्टकर रहेको छ । महेन्द्रराजमार्ग फराकिलो पार्ने जिम्मा लिएको चिनियाँ ठेकेदारकाले काम नगर्दा राजमार्गको अवस्था बिजोग छ ।