अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा टिपरसँग ठोकिएर स्कूटर चालकको मृत्यू

ललितपुरमा टिपरसँग ठोकिएर स्कूटर चालकको मृत्यू


ललितपुर – ललितपुरको एकान्तकुनामा टिपरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् ।

मंगलबार राति नौ बजे बा ३ ख ५७७ नम्बरको रोकिराखेको टिपरमा बागमती प्रदेश ००-२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकल चालक खोटाङ घर भई ललितपुरको ठेचो बस्ने २३ वर्षीय ठगेन्द्र राईको मृत्यु भएको हो ।
राईको उपचारको क्रममा अल्का अस्पताल जावलाखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन् । उनको अल्का अस्पतालमा उपचार भइरहेको छ ।