काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)बाट राजीनामा दिनुभएका नेता हेमराज राईसहितका नेताहरुले नेकपा एमाले प्रवेश गर्न संवाद अघि बढाएको खुलासा भएको छ।
हेमराजसहित जसपाका अन्य केन्द्रीय सदस्यसहितका नेताहरुले एमाले प्रवेश गर्ने गरी आन्तरिक छलफलमा जुटेका एक स्रोतले बताए । हेमराज पूर्व एमाले नेतासमेत हुन्।
उहाँले तत्कालीन एमाले उपाध्यक्ष अशोक राईसँगै एमाले परित्याग गर्नुभएको थियो । जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले बेग्लाबेग्लै बैठक बसेर कारबाहीको शृङ्खला अघि बढाउन थालेपछि धमाधम पार्टी छाड्नेको क्रम बढेको छ।
पूर्वमन्त्रीसमेत रहेका हेमराज भोजपुरलगायत पूर्वका जिल्लामा एमालेको संगठन विस्तारमा संघर्ष गरेको नेताका रुपमा चिनिन्छन्।





प्रतिक्रिया