ललितपुर – ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ ।
बुधबार बिहान सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस बिएन्डबी अस्पताल नजिकै ट्याक्सीमाथि पल्टिएको ललितपुर प्रहरीले जानकारी दिएको छ।
बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किच्दा तीन जना घाइते भएका छन्। माछा बोकेको गाडीलाई ठक्कर दिएर बस पनि दुर्घटनामा परेको हो। यस्तै त्यहि क्रममा मोटरसाइकल पनि दुर्घटनामा परेको छ।
दुर्घटनामा परी घाइते भएकाहरुको बीएण्डबी अस्तालमा उपचार भइरहेको छ।
बसले किच्दा ट्याक्सी चालक संजोग घिसिङ र मोटरसाइकल चालक पनि घाइते भएका हुन्।
बस चालक ५० वर्षीय नकलबहादुर महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





प्रतिक्रिया