पर्सा – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आगामी निर्वाचनमा तालमेलका लागि गठबन्धनका अन्य दलसँग तीन शर्त राख्न भएको छ । ती शर्त पूरा भएमा मात्रै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले तालमेल गर्ने उहाँले बताउनुभयो ।
नेपाल प्रेस युनियनले बुधबार गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले यस्तो बताउनु भएको हो। उहाँले भन्नुभयो, ‘कांग्रेस केन्द्रीय समितिका तीन सर्त गठबन्धनका अन्य दलहरुले माने मात्रै आगामी निर्वाचनमा तालमेल हुन्छ । कांग्रेस सबैभन्दा पुरानो र ठूलो दल भएकाले गठबन्धनका दलहरुले ती शर्त मान्नुपर्ने पर्छ।’
नेता कोइरालाले अहिले माओवादी केन्द्रले भने अनुसारको सिट बाँडफाँट गरेर चुनावमा जान नसकिने पनि प्रष्ट पार्नुभयो ।
कोइरालाले माओवादी केन्द्रलाई २०७४ को आमनिर्वाचनको परिणामअनुसार सिट दिन नसकिने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘पाँच वर्षसम्म कांग्रेसकै नेतृत्वमा स्थायी सरकार बनाउने पक्षमा हामी सचेत छौँ। माओवादीले २०७४ सालकै जसरी सिट मागिरहेको छ, त्यसरी हामी जाँदैनौं ।’





प्रतिक्रिया