काठमाडौं – एसईई परीक्षामा २२ हजार भन्दा बढी परीक्षार्थी अनुपस्थित रहेको पाइएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजाअनुसार २२ हजार ६४० जना परीक्षार्थी अनुपस्थित भएका हुन् । अनुपस्थित भएको जनाउसहित बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
अनुपस्थित हुनेमा ११ हजार ९३७ जना छात्रा र १० हजार ७०२ जना छात्र रहेका छन् । जुन कुल परीक्षार्थीको २.७२ प्रतिशत हुन आउँछ ।
प्रतिक्रिया