अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जस लिनकै लागि गठबन्धन सरकारले नागरिकता विधेयक ल्यायो : अध्यक्ष ओली

जस लिनकै लागि गठबन्धन सरकारले नागरिकता विधेयक ल्यायो : अध्यक्ष ओली


झापा – नेकपा एमालेका अध्यक्ष केपी ओलीले सत्ता गठबन्धन सरकारले जस लिनकै लागि नयाँ नागरिकता विधेयक ल्याएको बताउनु भएको छ ।

पार्टी निकट नेपाली उत्पीडित जातीय मुक्ति समाजको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको बुधबार बिर्तामोडमा उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले विधेयक अगाडि बढाउँन खोज्दा रोकिएको स्मरण गर्नुभयो ।

आफूले अगाडि बढाउन खोज्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सो विधेयक अगाडि बढाउनै नदिएको उहाँले बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘यसअघि प्रचण्डले तीन वर्ष रोकेर राखेको उक्त विधेयक अहिले जस लिनका लागि नै गठबन्धन सरकारले ल्याएको छ, त्यो पनि हतार हतारमा ।’

पहिले संसदीय समितिमा नागरिकता विधेयक रोकेर अहिले समितिमा छलफल नै नगराई नयाँ विधेयक ल्याएर सरकारले जनतालाई समेत भ्रममा राखेको उहाँको भनाइ छ ।

अध्यक्ष ओलीले राष्ट्रियताका पक्षमा उभिएकै कारण गठबन्धनले एमालेलाई कमजोर बनाउन खोजेको समेत बताउनुभयो । गठबन्धनको उद्देश्य एमालेलाई कमजोर पार्ने र सिध्याउनेमा केन्द्रित रहेको भन्दै उहाँले त्यो उद्देश्य कुनै हालतमा पूरा नहुने बताउनुभयो ।

गठबन्धन दलले पहिचानका नाममा राज्यलाई बिखण्डित गर्ने प्रयास गरेका र गठबन्धन दलका क्रियाकलापकै कारण संघीयता समेत बदनाम भएको उहाँले बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेको ध्यान मुलुकको विकास र सुशासनमा केन्द्रित रहेको पनि बताउनुभयो । आफ्ना लागि नभएर देश र समृद्धिका लागि काम गर्न उहाँले नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।