काठमाडौं – अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू नेपाल भ्रमण आउदै हुनुहुन्छ । उहाँ बिहीबार साँझ नेपाल आउने परराष्ट्र मन्त्रालयले एक स्रोतले जानकारी दियो।
नेपालले एसपीपीमा सहभागी नहुने निर्णय गरेपछि अमेरिकी उच्च अधिकारीको यो पहिलो भ्रमण हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिकी भ्रमण रद्द भएपछि उहाँ नेपाल आउन लाग्नु भएको हो । यसअघि उहाँ समसामयिक विश्व मामिला, एमसिसीसहित नेपाल अमेरिका सम्बन्धका विषयमा छलफलका लागि २०७८ मंसिर १ गते नेपाल आउनु भएको थियो ।





प्रतिक्रिया