झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ का चारवटै पालिकाका अगुवा कार्यकर्ताहरुसँग अलग अलग भेटघाट र अन्तरक्रिया गर्ने हुनु भएको छ ।
एमाले प्रदेश कमिटी सदस्य एवै अध्यक्ष ओलीका साँसद प्रतिनिधी होमबहादुर थापाका अनुसार दमक केन्द्रीत कार्यक्रमलाई सम्बन्धित पालिकाहरुमा नै गर्ने गरी समय मिलाइएको छ । जस अनुसार अहिले विहान ९ बजे देखि दमकमा दमक नगर कमिटीका पदाधिकारी र त्यसभन्दा माथीका कार्यकर्ताहरुसँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुनेछ । यसैगरी १२ बजे कमल गाउँपलिका अगुवा कार्यकर्ताहरुसँग अन्तरक्रिया त्यस्तै २ बजे गौरादह नगरपालिका स्तरीय कार्यकर्तालाई ग्वाल्डुब्बाको दुर्गा सामुदायिक भवनमा भेटघाटको कार्यक्रम मिलाइएको छ । यसैगरी गौरीगञ्ज गाउँपालिका स्तरीय कार्यकर्ताहरुसँग अपरान्ह ४ बजे खजुरगाछीमा भेटघाट कार्यक्रम तय गरिएको थापाले जानकारी दिनुभयो ।





प्रतिक्रिया