अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महंगी विरुद्ध सडकमा एमालेले १६ गते जनप्रर्दशन गर्ने,तयारी अन्तिम चरणमा

महंगी विरुद्ध सडकमा एमालेले १६ गते जनप्रर्दशन गर्ने,तयारी अन्तिम चरणमा


काठमाडौ- नेकपा एमालेले महंगी र भ्रष्टाचार बिरुद्ध साउन १६ गते काठमाडौंमा मानवसागर उतार्ने गृहकार्य अन्तिम चरणमा पुर्याएको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित बैैठकमा महासचिव शंकर पोखरेलले साउन १६ गते आयोजना गरिएको जनप्रदर्शनमा कम्तीमा ४० हजार मानिस सहभागी गराउने गरी सिंगो शक्तिपरिच उपत्यकास्थित पार्टी कमिटी र जनसंगठनलाई निर्देशन दिनुभयो । सिंगो शक्ति परिचालन गरी बढीभन्दा बढी जनतालाई सडकमा ल्याउन सवै जनसंगठन र उपत्यकाभित्र रहेका सवै पार्टी कमिटीले बिशेष ध्यान दिनुपर्नै महासचिव पोखेलले बताउनु भयो ।

आन्दोलन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले साउन १६ को जनप्रदर्शन बिशेष रहेकोले उपत्यकाका सवै जनतालाई उतार्न अभियान चलाइएको बताउनु भयो । नेकपा एमाले आन्दोलन परिचालन कमिटीको बिस्तारित बैठकमा बोल्दै एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका संयोजक श्रेष्ठले महंगीबिरुद्धको जनप्रदर्शनलाई सवैको साझा बनाएर अघि जाने योजनासमेत सुनाउनु भयो ।