अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई सय विपन्नलाई सुधारिएको चुलो

दुई सय विपन्नलाई सुधारिएको चुलो


झापा – झापाको गौरीगञ्ज गाउँपालिकाले पालिकाभित्रका करिब दुई सय विपन्न परिवारलाई सुधारिएको चुलो वितरण गरेको छ ।

लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक वर्गका समुदायलाई लक्षित गरी गाउँपालिकाभित्रका करिब दुई सय घरपरिवारलाई सुधारिएको चुलो वितरण गरिएको गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशीले बताउनुभयो । उहाँका अनुसार गौरीगञ्ज गाउँपालिकाको वैकल्पिक ऊर्जा विभागको सहजीकरण र झापाली समाजको सहयोगमा वडा १ देखि ६ सम्मका सीमान्तकृत तथा अल्पसङ्ख्यक परिवारलाई उक्त सुधारिएको चुलो वितरण गरिएको हो ।

धुवाँरहित भान्छा बनाई स्वास्थ्य जीवनको प्रत्याभूति दिलाउन गाउँपालिकाले सहजीकरण गरी वैकल्पिक ऊर्जाअन्तर्गत सुधारिएको चुलो वितरण गरिएको उहाँले बताउनुभयो ।