अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

०६४ साल सम्झाउदै अध्यक्ष ओलीले दमकमा भन्नुभयो : गल्ती पटक पटक दोहोर्‍याउनु हुँदैन

०६४ साल सम्झाउदै अध्यक्ष ओलीले दमकमा भन्नुभयो : गल्ती पटक पटक दोहोर्‍याउनु हुँदैन


दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०६४ सालको निर्वाचनको दृष्टान्त दमकका नेता कार्यकर्तालाई सम्झाउनु भएको छ । त्यसबेला आफूलाई हराएर यहाँको जनताले गल्ती गरेको भन्दै त्योे प्रवृति दोहो¥याउनु बेठिक भएको बताउनुभएको छ ।
‘गल्ती कहिले कहिले हुन्छ तर पटक पटक दोहोरिनु हुदैन’ अध्यक्ष ओलीले दमकका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै भन्नुभयो ‘२०६४ सालमा पार्टीकै कतिपय साथीहरुले भोट अन्तै हालेर मलाइ हराउनु भयो । तर उहाँहरुले जिताएका मान्छे कहाँ छन् आज ?’
आफूलाई हराएको एक वर्ष नपुग्दै गल्ती गरिएछ भनेर यहाँका जनताले पछुतो मानेको अध्यक्ष ओलीको भनाइ छ । ‘एक वर्ष नपुग्दै गल्ती गरिएछ,नकाम गरिएछ भन्दै उसलाई भोटहाल्नेहरु नै पछुताए’ अध्यक्ष ओलीले भन्नुभयो ‘०६४ मा यहाँबाट जितेका साँसद अहिले के गर्दैछन् ? यस क्षेत्रको विकास गरे कि देशलाई विश्वमा चिनाए कि ?’