अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बञ्चरेडाँडामा १ भदौदेखि फोहोर फाल्न नदिने स्थानीयवासीको घोषणा

बञ्चरेडाँडामा १ भदौदेखि फोहोर फाल्न नदिने स्थानीयवासीको घोषणा


काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा १ भदौदेखि सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।

आज पत्रकार सम्मलेन गर्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो ।

महानगरले सम्झौताअनुसार काम नगरेको समितिले आरोप लगाएको छ । समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको बताए ।

मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र वा फोहोरमैला प्रदूषणरहित मानवबस्ती विकास क्षेत्रमध्ये सरकारले एउटा विकल्प छनोट गर्नुर्ने समितिले माग गरेको छ । समितिले भनेका छन्, ‘बञ्चरेडाँडाका मानिसहरुको जिउधनको रक्षागर्ने, हाम्रो मागहरु पूरा गर्ने ग्यारेन्टी गरे मात्रै १ भदौदेखि फोहोर जान पाउँछ ।’