अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आमसञ्चार माध्यमबाट हुने अतिरञ्जित एवं दुष्प्रचारयुक्त सामग्री रोक्न काउन्सिल गम्भीर छ : अध्यक्ष बस्नेत

आमसञ्चार माध्यमबाट हुने अतिरञ्जित एवं दुष्प्रचारयुक्त सामग्री रोक्न काउन्सिल गम्भीर छ : अध्यक्ष बस्नेत


काठमाडौं – प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आमसञ्चार माध्यमबाट हुने अतिरञ्जित एवं दुष्प्रचारयुक्त सामग्री रोक्न प्रेस काउन्सिल गम्भीर रहेको बताउनु भएको छ ।

आज नेपाल मतदाता अधिकार मञ्चले निर्वाचनको समयमा सामाजिक सञ्जालको दुरुपयोग रोक्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराउने क्रममा अध्यक्ष बस्नेतले सो कुरा बताउनु भएको हो ।

मञ्चका अध्यक्ष भक्त विश्वकर्मा लगायतको टोलीले ध्यानाकर्षण पत्र बुझाउँदै मिथ्या र भ्रमपूर्ण अभिव्यक्तिलाई निरूत्साहित गर्न माग गर्नुभएको छ ।

अध्यक्ष बस्नेतले दुष्प्रचारयुक्त सामग्री तथा द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिन गत स्थानीय तहको चुनावमा काउन्सिलले प्रभावकारी अनुगमन गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘पत्रकारको सामाजिक सञ्जाल समेत अनुगमन गरी कुनै दल वा उम्मेदवार विशेषको प्रचार–प्रसारलाई अतिरञ्जना गर्ने, आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी गर्ने, आरोपप्रत्यारोप, दुष्प्रचार, चरित्र हत्या हुने किसिमका सामग्रीको सुक्ष्म अनुगमन गरी तत्कालै सचेत गराइने छ ।’