अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चुनावको तयारीमा जुट्न अध्यक्ष ओलीको निर्देशन

चुनावको तयारीमा जुट्न अध्यक्ष ओलीको निर्देशन


दमक – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरुलाई चुनावी तयारीमा जुट्न निर्देशन दिनु भएको छ । आफ्नो गृहक्षेत्र झापा क्षेत्र-५ मा पर्ने कमल गाउँपालिका स्तरीय कार्यकर्ता भेलालाई बिहिबार संवोधन गर्दै उहाँले हालै सम्पन्न निर्वाचनको समिक्षा गर्दै आगामी निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनु भएको हो ।

झापाको क्षेत्र-५ मा पर्ने दमक नगरपालिका तथा कमल गाउँपालिकाको निर्वाचन परिणामलाई राष्ट्रिय चासोको रुपमा हेरिएको स्मरण गराउँदै उहाँले यि स्थानीय तहमा एमालेले किन अपेक्षित परिणाम ल्याउन सकेन भनेर समिक्षा गर्न पनि निर्देशन दिनुभयो। समिक्षाबाट निराश नभई आगामी निर्वाचनमा सहज जितको परिणाम ल्याउन कार्ययोजना सहित अघि बढ्न उहाँले भन्नुभयो ।

एमाले सरकारमा नहुँदा के-के हुँदो रहेछ गठबन्धन सरकारका गतिविधिबाट प्रष्ट हुँदै गएको छ । देशलाई आर्थिक रुपमा जर्जर बनाउने, राज्यका संयन्त्रहरुलाई ध्वस्त पार्ने, कमिशनका लोभमा राष्ट्रिय निर्णयहरु गरिरहेका छन् । यो वर्तमान सरकार कमिशन एजेण्टहरुले चलाएको प्रष्ट छ । एमालेको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन लागिपरेकाहरु अहिले वाम एकताको कुरा गर्दै फोटो खिचाउँदै हिड्नु लज्जास्पद कुरा हो ।  

एमाले सरकारमा नहुँदा के के हुँदो रहेछ अहिलेका सरकारका गतिविधिबाट प्रष्ट हुँदै गएको पनि उहाँले बताउनुभयो । देशलाई आर्थिक रुपमा जर्जर बनाउने, राज्यका संयन्त्रहरुलाई ध्वस्त पार्ने, कमिशनका लोभमा राष्ट्रिय निर्णयहरु गर्ने जस्ता कुराले यो सरकार कमिशन एजेण्टहरुले चलाएको प्रष्ट हुने उहाँको दाबी थियो । एमालेको सरकार ढालेर दक्षिणपन्थीको सरकार बनाउन लागि परेकाहरु अहिले बाम एकताको कुरा गर्दै फोटो खिचाउँदै हिड्नु लज्जास्पद भएको उहाँको टिप्पणी छ । पाँच जना मान्छे मिल्दैमा बाम एकता नहुँदै भन्दै उहाँले एमालेलाई तर्साउन यस्ता प्रयास नगर्न समेत चेतावनी दिनुभयो । सोहि कार्यक्रममा उहाँ सहित एमालेका प्रदेश ईन्चार्ज देवराज घिमिरे, स्थाई कमिटी सदस्य तथा झापा ईन्चार्ज अग्नी खरेल लगायतले एमाले प्रवेश गर्नेलाई स्वागत गर्नु भएको थियो ।

बिहिबारनै आफ्नो गृहनगर दमकमा भएको कार्यकर्ता भेलालाई संवोधनका क्रममा उहाँले वर्तामान सरकार रहे सम्म राष्ट्रियता र स्वाधिनता थप कमजोर हुने भन्दै आगामी निर्वाचनबाट एमालेको सहज बहुमतका साथ सरकार बनाउने दिशामा अघि बढ्न निर्देशन दिनुभएको थियो ।

तीन दिने झापा बसाई र कार्यकर्ताहरुसँग सघन भेटघाटका लागि एमाले अध्यक्ष ओली बुधबार गृह जिल्ला झापा आउनु भएको हो । यस पटकको झापा बसाईका क्रममा उहाँका ठुला र सार्वजनिक कार्यक्रम खासै छैनन् । कार्यकर्तासँगको सघन छलफल, भेटघाट र अन्तरक्रियाका लागि उहाँ झापा आउनु भएको एमालेले जनाएको छ ।