अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाबुराम भट्टराईको नयाँ दल ‘नेपाल समाजवादी पार्टी’

बाबुराम भट्टराईको नयाँ दल ‘नेपाल समाजवादी पार्टी’


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका डा. बाबुराम भट्टराईसहितको समूहले ‘नेपाल समाजवादी पार्टी’ (नेसपा) नयाँ दल बन्ने पक्का भएको छ।

भट्टराई नेतृत्वको नयाँ पार्टीको नाम निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगमा यसअघि नै दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो ।

डा. भट्टराई समूहका नेता विश्वदीप पाण्डेले निर्वाचन आयोगले समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी र चुनाव चिह्न आँखालाई अद्यावधिक गरेको बताउनु भयो। यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो ।

नयाँ दल दर्ता भएपछि बाबुराम समूहले केन्द्रीय समितिको बैठक डाक्ने भएको छ। बाबुराम समूहले नयाँ पार्टीको विधान बनाइसकेको छ। 

नयाँ पार्टीको विधानमा पनि तीन अध्यक्षको व्यवस्था गरिएको बताइएको छ। एकजना अध्यक्ष बाबुराम रहने निश्चित छ। तर अन्य दुई अध्यक्षबारे केही टुंगो भएको छैन। आयोगमा दर्ता सकिएपछि अब केही दिनभित्रै बाबुरामको नयाँ पार्टी घोषणा हुने छ।